images
images

एनआरएनएको कार्यक्रममा कडा रूपमा किन प्रस्तुत भईन नेतृ रामकुमारी झाक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री एनआरएनएको कार्यक्रममा कडा रूपमा प्रस्तुत भएकी छन्। कार्यक्रममा सहभागीमध्ये  केही एनआरएनएले आफूहरुलाई राजनीतिक अधिकारसहितको नागरिकता चाहिने बताएपछि झाँक्रीले त्यसमा आपत्ति जनाउँदै कडा रूपमा प्रस्तुत भएकी हुन्।

प्रश्नकर्ताले चर्किँदै गैरआवासीय नेपालीलाई वंशजको नागरिकता नदिए मानवअधिकारको उल्लङ्घन हुने तर्क गरेका थि । अन्य दुई प्रश्नकर्ताले पनि यस्तै आशयको अभिव्यक्ति दिँदै अध्यक्ष कुल आचार्यसमेतलाई आक्षेप लगाउन थालेपछि झाँक्री कडा रूपमा प्रस्तुत भएकी हुन्।

उनले पोडिएमबाट औँला ठड्याउदै जवाफ फर्काएकी थिइन्। झाँक्रीले भनिन् -‘मलाई पनि तपाईँहरुलाई जसरी चिच्याउन त आउँछ तर तपाईँहरूको अतिथि भएकाले चिच्याउनचाहिँ मिल्दैन जस्तो लाग्यो ।’

गैरआवासीय नेपाली नागरिकताको सन्दर्भमा ‘यो औँला हालेपछि डुँडुल्लोसम्म छिराउने मामिला हो भन्ने हामीलाई पनि थाहा थियो’, उनले थपिन्, ‘त्यही कारण यो ठ्याक्क नागरिकताको कुरा हुँदै छ।’ उनले आफूले एनआरएनएको अपमान गर्न नचाहेको तर विदेशी पासपोर्ट लिइसकेपछि देशको चिन्ता गर्न नपर्ने बताइन्।  ‘पहिला नेपाली विदेश जान केके हर्कत गर्‍यौ? त्यो देशको आईएलआर वा गीनकार्ड पाउन केके हर्कत गर्‍यौ?’, नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई जब तपाईँहरूले दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि गणतन्त्रपछि यो संविधान ल्याएर यो व्यवस्था गर्‍यौँ ? अनि तपाईँहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने? नलिन चाहनेले गैरआवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ।’ उनले नेपालमा आएर नागरिकताबारे ठूला कुरा गरेको सुहाउने भन्दै चेतावनी दिइन्।  त्यसपछि दर्शक दीर्घाबाट झाँक्रीको विरोध सुरु भए पनि उनले यस्ता नाराले आफूलाई केही फरक नपर्ने भन्दै थप आक्रामक भइन्।   उनले हरेक देशको नागरिकतासम्बन्धी कानुन त्यस देशको विशिष्टतामा आधारित हुने बताउँदै एनआरएनएहरुलाई राजनीतिक अधिकारसहितको गैरआवासीय नागरिकता दिएको बताइन्। ‘साथीहरु कान खोलेर सुन्नुस्, तपाईँहरुलाई रेस्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर हुनसक्छ। मानवअधिकार विश्वप्यापी हुन्छ। तपाईँहरुलाई सिटिजनको अधिकार दिएको होइन। गैरआवासीय नागरिकता दिएको हो।’ उनले पहिला खुसीले नागरिकता त्याग्ने पनि अहिले ठूला कुरा गर्ने भन्दै आक्रोश पोखेपछि केहीबेर तनावको अवस्था बनेको थियो।