images
images

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ अस्वस्थ

काठमाडौँ –  चीन भ्रमणमा रहेका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ। श्रेष्ठलाई बुधबार बेलुका सामान्य खालको हृदयघात भएकोे हो।

छाति दुखेपछि अस्पताल पुगेका श्रेष्ठलाई बेइजिङस्थित Peking university hospital n research center अस्पतालमा भर्ना गरिएको छ।

स्रोतका अनुुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ।

श्रेष्ठ असोज २९ गते तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन बेइजिङ प्रस्थान गरेका थिए।

उनले मङ्गलबार र बुधबार बेइजिङमा भएको सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगतिबारेमा छलफलमा सहभागी भएका थिए।