images
images

गाजामा निर्दोष नागरिकको हत्या भएको घटनाप्रति नेपाल स्तब्ध

काठमाडौं । नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमला भएको घटनाले स्तब्ध भएको जनाएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी विज्ञप्तिमा ‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालले सर्वसाधारण नागरिक विरुद्धको यस आक्रमणलाई लिएर गम्भीर रूपमा चिन्तित भएको जनाएको छ ।

नेपालले जस्तोसुकै परिस्थितिमा भए पनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने भन्दै जारी विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न पनि आग्रह गरेको छ ।