images
images

अधिकार र पहिचानका लागि छठपछि अन्तिम लडाइँ लड्ने राजेन्द्र महतोको भनाई

काठमाडौं, २ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता राजेन्द्र महतोले छठपछि अधिकार र पहिचानको लागि अन्तिम र निर्णायक लडाईं लड्ने घोषणा गरेका छन् ।

पार्टीले राजविराजमा आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महतोले अधिकार र पहिचानको लागि गरिने अन्तिम लडाईंको लागि शक्ति आर्जन गर्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।

सो क्रममा उनले पार्टी केन्द्रीय समिति पुनर्गठनमा केही गल्ती भएको भन्दै नेतृत्वको आलोचना गरे । उनले अध्यक्ष महन्थ ठाकुरबाट केही गडबड भएको भन्दै अब सच्याउनुपर्नेमा जोड दिए । लोसपाको पदाधिकारी नै पाँच दर्जन बढि रहेको भनेर आलोचना हुने गरेको छ ।