images
images

भूकम्पका कारण २० घर भत्किए

धादिङ – आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका९५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए।

पटक–पटक चार रिक्टरस्केल भन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिस घर बाहिर बसेका स्थानीय राजेश अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए। धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो।रासस