images
images

आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान

काठमाडौं : नेपालीहरूको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ।

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो।

आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारणहरू सडकमा देख्न सकिन्छ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका छन्। सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन्। काठमाडौंमा मानिसहरूको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरूमा पसलहरू बन्द रहेका छन्।

दशैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ।