images
images

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज, कात्तिक ८ गते स्वदेश फर्किने

काठमाडौँ – चीन भ्रमणका क्रममा अचानक बिरामी परेर अस्पताल भर्ना भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चीन भ्रमणकै क्रममा हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा उनको उपचार भएको हो । पाँच दिनको उपचारपश्चात उनी आज डिस्चार्ज भएका हुन् ।

श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो। उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ। उनी कात्तिक ८ गते बिहान स्वदेश फर्किने भएका छन् ।