images
images

एसीसी यू–१९ प्रिमियर कपका विजेता खेलाडीलाई प्रधानमन्त्री दाहालको बधाई

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी यू–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् ।

खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्  ।

मलेसियाको क्वालालाम्पुरमा मंगलबार भएको एसीसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो ।