images
images

घाइते पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन

काठमाडौं :सोलुखुम्बुमा  मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका  पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ।

उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।

उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भए वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए।