images
images

दसैंको सरकारी विदा सकिए पनि सुनसान छ सिंहदरवार

काठमाडौं – दसैं विदा सकिएर आजदेखि सरकारी कार्यालय खुल्ला भए पनि सरकारी अधिकारीहरू नआउँदा कार्यालयहरू सुनसान देखिएका छन् । दसैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ ।

दसैंको बिदा सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन ।

शुक्रवार सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ । हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ ।

दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ ।

दसैं सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनुसान बनेको छ ।

शनिवार कोजाग्रत पूर्णिका दिनबाट मात्रै दसैंको टीका विधिवत रुपमा सकिन्छ ।