images
images

अमेरिकामा रहेका केही प्राज्ञहरुले वर्तमान एनआरएनएले विदेशमा रहेका नेपालीको प्रतिनिधित्व नगर्ने बताए [ विज्ञप्ति सहित ]

काठमाडौं- अमेरिकामा रहेका केही प्राज्ञहरुले वर्तमान एनआरएनएले विदेशमा रहेका नेपालीको प्रतिनिधित्व नगर्ने बताएका छन्। उनीहरुले बलियो नेपाल, एकीकृत नेपाली, आप्रवासी नेपालीको परिष्कृत सहकार्यका लागि विज्ञप्ति जारी गर्दै सार्वजनिक अपिल गरेका हुन्।

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘विगत कैयन वर्षदेखि गैरआवासीय नेपालीको वास्तविक प्रतिनिधित्वका वारेमा प्रश्न उठिरहेको पृष्ठभूमि र दुई दुई वर्षमा काठमाण्डौंमा हुने अधिवेशन,सम्मेलन, जमघट तथा त्यहाँबाट घोषणा गरिने सिण्डिकेटेड पदाधिकारी र बन्ने, बनाइने समितिले सन्सारभर छरीएका नेपाली आप्रवासीको प्रतिनिधित्व सही तरिकाले गर्दैनन्।’

उनीहरुले विश्वभरका देशमा वर्षौंदेखि बिभिन्न इलम, अध्ययन, पेसा र ब्यवसायका सिलसिलामा रहेका लाखौं नेपालीको मातृभूमिप्रतिको माया, सद्भाव र सहयोगलाई दलीयकरण, ब्यापारीकरण र नगदीकरण गर्ने एनआरएनए भन्ने संगठन, त्यसका मतियार र स्वघोषित नेतागणप्रति घोर आपत्ति जनाउँदै उक्त संस्थाप्रति नेपाल सरकार एवं थरीथरी राजनीतिक दल, ब्यापारीको स्वार्थी अभिष्टप्रति दुःख ब्यक्त गरेका छन्।

उत्तर अमेरिका, युरोप, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका वा एसियाली मुलुकमा रहेका नेपालीमूलका आप्रवासीहरुमध्ये दुई प्रतिशतले पनि स्वेच्छाले सदस्यता नलिएको एनआरएनएको वास्तबिकता भएको भन्दै यसको सदस्य, उम्मेद्वार बन्ने, बनाउने, जित्ने, जिताउने यावत कर्महरु अपारदर्शी मात्रै होइन कि निर्वाचन को प्रकृया ` नै खरिदबिक्री र लिलामी हुने गरेको समेत दाबी गरेका छन्।

उनीहरुले मुद्धा मामिला घीनलाग्दा गतिबिधि निरन्तर चर्चाका विषय भैरहँदा संस्थाको प्रादुर्भाव नै अपारदर्शी र कतिपयको अबैध कर्मलाई बैधता दिलाउन भएको देखिदै आएको भन्दै त्यसको चपेटामा गैरआवासीय नेपाली नागरिकता समेत परेको बताएका छन्।

यस्तो जारी विज्ञप्ती