images
images

पोखरामा भएको नगरबस दुर्घटनामा ११ जना घाइते

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा भएको नगरबस दुर्घटनामा ११ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार ३० जना सवार बस पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको अवस्थामा ग १ ख ८५८५ नम्बरको बस आइतबार मध्याह्न दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बताए।

घाइते ११ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बस घुम्तीमा अचानक ब्याक हुँदा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान छ।