काठमाडौँ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्तामा नेपालको शान्तिप्रक्रिया र जलवायु परिवर्तनबारे छलफल भइरहेको बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गुटरेसले संसद भव नयाँ बानेश्वरमा पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्दैछन् ।
_JUd2mvnVUe.jpg)
_TpauVRDYAP.jpg)
_3DdXOVvg7b.jpg)
_ZoamhZsNhx.jpg)
_o6eXTnX4AZ.jpg)
_mvhnow37sE.jpg)
_V0CQIPL5Vd.jpg)
_o7oKhowLi4.jpg)









