images
images

राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता [ तस्बिर सहित ]

काठमाडौँ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच भेटवार्ता भएको हो ।  दुई नेताबीचको भेटवार्तामा नेपालको शान्तिप्रक्रिया र जलवायु परिवर्तनबारे छलफल भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गुटरेसले संसद भव नयाँ बानेश्वरमा पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्दैछन् ।

pm-antonio-bhet (1)pm-antonio-bhet (2)pm-antonio-bhet (3)pm-antonio-bhet (4)pm-antonio-bhet (5)pm-antonio-bhet (6)pm-antonio-bhet (8)pm-antonio-bhet (9)