images
images

माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप

काठमाडौँ । माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको अनौपचारिक पदाधिकारी बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । बैठकले अहिलेसम्म भएका कामको समीक्षा गर्दै अभियानको क्रममा दसैँ, तिहार जस्ता ठुलो चाडपर्वले अवरोध पुर्‍याएकाले एक महिना समय थप गरेको सचिव गणेश साहले जानकारी दिए ।

‘अभियान अन्तर्गत अहिलेसम्म भएका कामको समीक्षा भयो । यो बिचमा दसैँ, तिहार जस्ता ठुला चाडपर्व परेकाले डिस्टर्बेन्स भएकाले एक महिना म्याद थप्ने निर्णय बैठकले गरेको छ’, साहले भने । 

केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार गत भदौ १६ देखि माओवादी केन्द्रले ७५३ वटै पालिकामा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण तीन महिने अभियान चलाएको थियो । म्याद थपिएपछि पुस १६ सम्म अभियान सञ्चालन हुने सचिव साहले बताए ।