विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरीः प्रेम सुवाल

काठमाडौँ – नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिले पनि नेपालीहरुको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न आवश्यक रहेको बताए।

उनले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए।

देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराईलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौती गर्नुपर्ने माग गरे।