images
images

दुर्गा प्रसाईँको पक्राउका लागि प्रचण्ड नगुहारेको ओलीको स्पष्टोक्ति

काठमाडौं, १३ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड नगुहारेको बताएका छन् ।

आज (सोमबार) एमाले गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू कहिल्यै नझुक्ने बताए ।

प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको बारेमा आइरहेको समाचारप्रति लक्षित गर्दै उनले ‘शिर काटिर गएपनि प्रचण्डसँग नझुक्ने’ बताए । उनले आफूलाई बाघसँग तुलना गर्दै कहिल्यै पनि घाँसको त्यान्द्रो नटिप्नेसमेत बताए ।