images
images

प्रधानाध्यापक हत्या प्रकरण : तीन जना पक्राउ (अपडेट)

बारा । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइसकिएको र अन्य दुई जनालाई पक्राउ गरेर ल्याउँदै गरिएको प्रहरीले जनाकारी दिए।

पक्राउ परेको मध्ये एक महिला घट्नाको मुख्य योजनाकार रहेको र बाँकी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका स्वर्णकारलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले कलैया मदर्सा टोलस्थित ग्रीन भ्याली बोर्डिङ्ग स्कुल अगाडि छाती र घाटीमा चार राउण्ड गोली प्रहार गरेको थियो।

गोली लागेर घाइते भएका उनलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएकोमा स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।