images
images

संयुक्त राष्ट्रसंघका महासचिवले गरे संसदमा सम्बोधन (तस्बिरहरु)

काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संसद्लाई सम्बोधन गरेका छन्।

महासचिव गुटरेसले मंगलबार संघीय संसद्का दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्।

सम्बोधनका क्रममा उनले हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गरे। त्यस्तै, बेपत्ता रहेका विपिन जोशीको सकुशल रिहाइको पनि कामना गरे।

आफूले यसअघि सन् १९७८ मा पनि नेपाल भ्रमण गरेको महासचिव गुटेरेसले स्मरण गरेका थिए। सम्बोधन सकेर उनी संसद् भवनबाट बाहिरिसकेका छन्।

तस्बिरहरुः