images
images

डिजेल र मट्टीतलेको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ ।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।

मंगलबार निगमले विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्ने छ ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।