images
images

शान्ति प्रक्रिया नटुंगिँदा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रश्न खडा भएका छन्ः अग्नि सापकोटा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन्।

उनले शान्ति प्रक्रिया टुंगो लगाउने सहमति समितिमा भइसकेको र संसद्‌बाट भने अर्को हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति जुटेको बताए।

उनले संक्रमणलीन न्याय नटुंगिँदा विश्वमाझ विभिन्न खाले प्रश्नहरु उठेको बताए। उनले विश्वमाझ उठेका विभिन्न प्रश्नलाई अन्त्य गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘शान्ति प्रक्रिया टुंगो लागेको छैन। यसलाई टुंगो लगाउनु पर्नेछ। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रश्न खडा भएका छन्। पीडितहरुको परिपूरणका कुरा छन्। यसलाई हर हालतमा टुंगोमा पुर्‍याउनुपर्छ भन्ने सहमति भएको छ। एक खालको सहमति भएको छ।

यो दिने, यो लिने भन्ने प्रसंग उठेको छैन। समितिमा टिआरसी बिलको बारेमा सहमति भइसकेको छ। अब यो फुल हाउसबाट हिउँदे अधिवेशनमा पारित गर्ने सहमति भएको छ।’