images
images

ठूला नेताहरूले संसदलाई रंगमञ्चको रुपमा प्रयोग गरे: सिके राउत

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले संसदबाट कुन विधेयक पारित हुने भन्ने कुराको निर्णय तीन दलका नेताले अँध्यारो कोठामा बसेर निर्णय गर्ने गरेको आरोप लगाएका छन्।

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राउतले संसदमा कुन विधेयक प्रस्तुत गर्ने र कुन पारित गर्ने भन्ने विषयको निर्णय तीन दलका नेताहरूले गर्ने गरेको भन्दै आक्राेस पाेखे।

‘संसदमा कुन संशोधन पास हुने हो, कुन विधेयक पारित हुने हो भन्ने तीनवटा पार्टीका नेताले अँध्यारो कोठामा बसेर निर्णय गर्छन्। ती नेताहरू सार्वभौमसत्ता भए की जनता भए? यसरी संसद चल्ने हो भने यो व्यवस्थाप्रति प्रश्न उठाउने पर्याप्त ठाउँ छ’, उनले भने।

राउतले ठूला दलहरूले नयाँ दललाई सक्काउने भनेर आक्रोश पोख्ने गरेको भन्दै आपत्ति जनाए। उनले ठूला नेताहरूले संसदलाई रंगमञ्चको रुपमा प्रयोग गरेको बताए।