images
images

अपडेटः भूकम्पबाट कम्तिमा ११९ जनाको मृत्यु

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोकाले भूकम्पबाट हालसम्म ९२ जनाको मृत्यु भएको पुष्टि गरे । 

यस्तै भूकम्पमा रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मृत्यु हुनेमा महिला १२ जना र पुरुष १५ जना रहेको जनाएको छ ।