images
images

जाजरकोट भुकम्प पिडितको उद्दार र राहतमा सिंगो देश एक जुट हौँ : नेपाल परिवार दल

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातको समयमा गएको शक्तिशाली भूकम्पको कारण ज्यान गुमाउनु हुने सबैमा नेपाल परिवार दल भाबपुर्ण श्रदान्जली ब्यक्त गर्दै सोक सन्तप्त सबैमा समबेदना ब्यक्त गर्दछ।

विनासकारी जाजरकोट भूकम्पका पिडितहरुको युद्ध स्तरमा उद्दार गर्न र राहत उपलब्ध गराउन नेपाल सरकार तथा कर्णाली प्रदेश सरकारलाई आग्रह गर्दछौं। घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। यस दुखद तथा आपतकालीन परिस्थितिमा सिंगो देश एक ढिक्का भएर उद्दार र राहतमा जुट्न पनि अपिल गर्दछौं।हामी नेपाल परिवार दलका समर्थक तथा निकट सबै सदस्य / सुभेच्छुकको साथै सम्पूर्ण संघ सस्थाहरु विशेषगरी गैर आबसिय नेपाली संघलाइ नेपाल सरकार संगको समन्वयनमा मानवीय सहायकताका लागि अपिल पनि गर्दछौ।

यस जटिल परिस्थितिमा सम्पूर्ण राजनैतिक शक्तिहरु एक हुन तथा नेपाल सरकालाई सबैले सघाउन पनि अनुरोध गर्दछौं। धन्यबाद।

नेपाल परिवार दल
केन्द्रिय कार्यालय
काठमाडौँ, नेपाल