images
images

भारतीय प्रधानमन्त्री माेदीद्वारा भूकम्पबाट भएको जनधनकाे क्षतिप्रति दु:ख व्यक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले जारकाेट केन्द्रबिन्दु भइ गएकाे शक्तिशाली भूकम्पबाट भएकाे जनधनकाे क्षतिप्रति गहिराे दु:ख व्यक्त गरेका छन्।

प्रधानमन्त्री माेदीले सामाजिक सञ्चालमार्फत् दु: व्यक्त गरेका हुन्।

उनले मानवीय र भाैतिक क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रधानमन्त्री माेदीले भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र सबै सम्भव सहयोग गर्न तयार रहेकाे पनि जनाएका छन्।

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन्।

कात्तिक १८, २०८० मा प्रकाशित