images
images

प्रधानमन्त्री चढेकै हेलिकप्टरले गर्‍यो घाइतेको उद्धार

काठमाडौँ- जाजरकोट भूकम्पमा परी घाइते भएका ७ जना घाइतेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल चढेकै हेलिकप्टरमा राखेर सुर्खेतसम्म उद्धार गरिएको छ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री दाहाल शनिबार बिहान हेलिकप्टरबाट त्यहाँ पुगेका थिए।

उनी चढेकै हेलिकप्टरमा जाजरकोट नलगाडका ७ जना घाइते र उनीहरुका आफन्तलाई सुर्खेत ल्याइएको हो।

प्रधानमन्त्री दाहाल हेलिकप्टरलाई भूकम्प प्रभावित क्षेत्रमै छाडेर नियमित जहाजमा काठमाडौँ फर्कने उनको सचिवालयले जानकारी दिएको छ।