images
images

कर्णालीका मुख्यमन्त्री शर्मा भूकम्पग्रस्त क्षेत्र रुकुम पश्चिममा

सिमकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा भूकम्प प्रभावित जिल्लामा चिकित्सक सहित पुगेका छन् ।

प्रदेश सरकारले पहिलो प्राथमिकता भुकम्पग्रस्त क्षेत्रमा पुगेर खोज, उद्धार र उपचारको ब्यवस्था मिलाउन र समन्वय गर्न उनी रुकुम पश्चिमको धनजनको क्षतिग्रस्त क्षेत्रमा पुगेका हुन् ।

सुर्खेतबाट ती उडान हेलिकोप्टरबाट न चौध जना चिकित्सक र औषधी सहित मुख्यमन्त्री शर्मा भूकम्पग्रस्त क्षेत्रमा पुगेको उनका प्रेस सल्लाहकार प्रतिक भट्टराईले जानकारी दिए ।

उनले पहिलो प्राथमिकता खोज, उद्धार र उपचारको ब्यवस्थाका लागि मुख्यमन्त्री शर्मा रुकुम पश्चिम पुगेको बताए । मुख्यमन्त्री शर्माले प्रदेश सरकारबाट औषधीको ब्यवस्था केही हेलिकोप्टरबाट र केही पैदल मार्गबाट लग्ने कार्य गरेको उनले बताए । प्रदेश सरकारले घाइतेको उद्धारका साथै उपचारको ब्यवस्थाका लागि प्रदेश भित्रका अस्पताल र लुम्बिनी प्रदेशका अस्पतालमा समन्वयमा लागेका छन् । यसअघि शनिबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको वैठकले कर्णाली प्रदेश सरकारले भूकम्पबाट व्यापक जनधनको क्षति भएको भन्दै सहयोगका लागि अपिल गरेको छ ।