images
images

जाजरकोट र रुकुममा राहत व्यवस्थापन कोषबाट पाँच/पाँच करोड तत्काल पठाउने निर्णय

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट पाँच/पाँच करोड तत्काल पठाउने निर्णय भएको बताउनुभएको छ ।

शनिबार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले सरकारले घाइतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले घाइते कतिपयलाई स्थानीय अस्पताल र कतिपयलाई आवश्यकता हेरेर सुर्खेत र नेपालगञ्जमा उपचारका लागि पठाइएको बताउनुभयो । उहाँले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर रहात वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएको बताउनुभयो ।

उहाँले भूकम्पका कारण केही सडक अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेको पनि बताउनुभयो । उहाँले आजको आवश्यकताअनुसार हेरेर राहत सामाग्री थप पठाइएको र सुरक्षा दल पनि पठाइएको बताउनुभयो ।