images
images

भुकम्प अपडेटः ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

काठमाडौँ – जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ।

शनिबार अपराह्न ४ बजेसम्म भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमध्ये १०५ जना जाजरकोटका छन् भने ५२ जना रुकुम पश्चिमका छन्।

भुकम्पमा २०२ जना घाइते छन्। घाइतेहरुको स्थानीय अस्पतालसँगै नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको छ। उद्धार कार्य जारी छ।