राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूकम्प प्रभावित परिवारका सदस्यहरूलाई आफ्नो जिल्ला फर्किनका लागि निःशुल्क बसको व्यवस्था मिलाइदिएको छ।
भूकम्पका कारण आफन्त र परिवारजन प्रभावित भएका कारण तत्काल काठमाडौँबाट जाजरकोट र रुकुम पश्चिम जानुपर्ने भएमा नयाँ बसपार्कबाट आज बेलुका र भोलि बिहानको लागि निःशुल्क बस व्यवस्थापन गरिएका रास्वपाले जनाएको छ।
रास्वपाले सूचना जारी गर्दै मदन थापालाई ९८४०२६६७९७ नम्बरमा सम्पर्क गरी आफ्नो जिल्ला फर्किन चाहनेले नाम टिपाउन अनुरोध गरेको छ।