काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डका सचिवालय अनुसार भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।