images
images

जम्बो टोली लिएर माधव नेपाल चीन जाँदै

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साताव्यापी चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा अध्यक्ष नेपाल उपाध्यक्ष तथा कृषिमन्त्री डा.बेदुराम भुसालसहित १५ सदस्यीय टोलीको नेतृत्व गर्दै कात्तिक २१ गते मंगलबार चीनको राजधानी बेइजिङतर्फ जान लागेका हुन् ।

अध्यक्ष नेपालको टोलीमा सातै प्रदेशका नेता कार्यकर्ता सहभागी हुने बुझिएको छ ।