images
images

एकीकृत समाजवादीको सचिवालय बैठक जारी, महाधिवेशनबारे छलफल

काठमाडौं- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। सोमबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक केहीबेर अगाडि सुरु भएको हो।

बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।

जागरण अभियानताका झन्डै ३ लाख ५० हजारसँग प्रत्यक्ष भेटघाट भएको र झन्डै १० हजार कार्यकर्ता पार्टी प्रवेश गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

त्यस्तै, माघमा हुने महाधिवेशनबारे आन्तरिक गृहकार्य र छलफल हुने बताइएको छ।

साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र अध्यक्ष माधवकुमार नेपालको आसन्न चीन भ्रमणका साथै समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव खतिवडाले बताए।