images
images

सरकारले उपलब्ध गरायो ९ वटा बैंकका खाता, भूकम्पपीडितका लागि रकम जम्मा गर्न सकिने

काठमाडौं- शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूलाई सहयोग गर्न सरकारले अपिल गरेकाे छ।

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्ति तथा संघसंस्थालाई दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गरेको हो।

सहयाेग गर्नका लागि लागि सरकारले नौवटा बैंकका खाता नम्बर उपलब्ध गराएको छ।

सूचनामा भनिएकाे छ, ‘विपद्‌को यस दुःखद घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहनुभएका सम्पूर्ण महानुभावहरू एवम् संघसंस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरता र थप सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ। यस्तो संवेदनशील घडीमा देशविदेशमा रहनुभएका सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तपसिलमा उल्लेखित खातामा रकम जम्मा गर्न सकिने बेहोरासमेत अनुरोध छ।’

यी हुन् बैंकका खाता:

१. राष्ट्रिय बाणिज्य बैंक, पुतलिसड़क चल्ती खाता नम्बर ११३०१००००३७६२००१

२. कृषि विकास बैंक लिमिटेड, रामशाहपथ, चल्ती खाता नम्बर ००१००२०१००२९०७०१४

३. नेपाल बैंक लिमिटेड, काठमाडौँ, चल्ती खाता नम्बर००२००१००५१००३९०००००१

४. एभरेस्ट बैंक लिमिटेड, नयाँबानेश्वर, चल्ती खाता नम्बर ००१०११०२२०००१२

५. स्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड, लाजिम्पाट, चल्ती खाता नम्बर ०००१०१३२४३८०१

६. ग्लोबल आइएमई बैंक लिमिटेड, ज्ञानेश्वर, चल्ती खाता नम्बर०४११०१००००००५

७. हिमालयन बैंक लमिटेड, ठमेल, चल्ती खाता नम्बर ०१९०५६३१२१००११

८. नबिल बैंक लिमिटेड, दरबारमार्ग, चल्ती खाता नम्बर १७५००१७५०५२८५

९. हिमालयन बैंक लिमिटेड, कमलादी, चल्ती खाता नम्बर ०१९०५६३१२१००४६

हेर्नूहोस् सूचना: