images
images

नेपाल–अमेरिका सम्बन्ध र परराष्ट्रमन्त्री साउदको भ्रमण

सुशासनका विषयमा अगाडि बढिरहेको सन्देश दिन सफल भएको छ ।

यस पटकको परराष्ट्र मन्त्रीस्तरीय भ्रमणले नेपालले आफूले हासिल गरेका प्रजातान्त्रिक अभ्यास, मानव अधिकार, स्वतन्त्र प्रेसलगायतका विषयमा आफ्ना समकक्षीसँग स्पष्ट धारणा राख्ने अवसर पाएको र यसबाट नेपालको कूटनीतिक उचाइ बढाउने एक महत्वपूर्ण अवसर पनि प्राप्त भएको छ ।

यसपटकको भ्रमणमा मन्त्री साउदले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाहरुको कार्यान्वयनमा जोड दिएको पनि बताएका छन् । मन्त्री साउदले नेपालले कार्यान्वयनमा लगेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को सहयोगलाई समयमा सम्पन्न गरेर दोस्रो एमसिसीका लागि पनि ढोका खुल्नसक्ने सम्भावना यस भ्रमणमा औँल्याएका छन् ।

व्यस्त भ्रमण तालिका

अमेरिकी विदेश ब्लिङ्केनसँग गएको सोमबार विदेश मन्त्रालयमा भएको भेटघाटबाट सुरु गरेका मन्त्री साउदले क्याविनेट मन्त्री सरहको पदमा रहेकी युएसएआइडिकी प्रमुख प्रशासक समान्था पावर, अमेरिकी सिनेटको वैदेशिक मामिलाका सदस्य सिनेटर क्रिश भ्यान होलेन, एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अल्व्राइटलगायत एजेन्सीका प्रभावशाली व्यक्तिसँगको भेटघाटमा व्यस्त रहे ।

वास्तवमा नेपालको सामाजिक आर्थिक विकासमा यी व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण रहने भएकाले उनीहरुसँग मन्त्री साउदले गरेका द्विपक्षीय भेट एवं आवश्यक छलफलले नेपाललाई आगामी दिनमा लाभ नै हुने अनुमान सहजै गर्न सकिन्छ ।

भ्रमणको दोस्रो दिन मन्त्री साउदले अमेरिकी इष्टिच्युट अफ पिसमा नेपालले वर्तमान अवस्थामा गरिरहेको प्रजातान्त्रिक अभ्यास, यस अभ्यासमा नागरिकको सहभागिता र नेपालको समावेशी शासन प्रणालीमा महिलाको पहुँचको मात्र चर्चा गरेनन् नेपाल अमेरिकाबीचको सम्बन्धको सिंहावलोकनसमेत गरेका थिए । उनले नेपालको परराष्ट्र नीतिको आधारस्तम्भको रुपमा रहेको पञ्चशील र तटस्थताको सिद्धान्तलाई पालना गर्दै दुई छिमेकीको द्रुतगतिमा भइरहेको विकासका विविध पक्षहरुका बारेमा पनि औँल्याएका थिए ।

नेपालको कूटनीतिक क्षेत्रका जानकारहरु जहिले पनि नेपालको भूराजनीतिक अवस्थालाई ध्यान दिँदै सबै प्रकारका समस्याको समाधान तनाव र उत्तेजनामा नभई कूटनीतिक तरिकाबाट गर्नुपर्छ भन्ने गर्दछन् । हरेक प्रकारका समस्याहरुको समाधान छलफलबाट अर्थात् कूटनीतिक वार्ताको टेबलबाट नै गर्न सकिने बताउँदै उनीहरु बताउँदै आएका छन् । कुनै पनि वाद र नाममा नेपालको कूटनीतिको छातालाई कोल्टे पार्न हुन्न भन्ने कुरामा नेपाल सदैव चनाखो हुनैपर्छ ।

राष्ट्रसङ्घको वडापत्रमा रहेर ऐतिहासिक रुपमा एक सार्वभौम, तटस्थ राष्ट्रकारुपमा उभिएको नेपालले आगामी दशकौँसम्म यी कुरालाई मध्यनजर राखेर विश्वमञ्चमा आफ्नो उपस्थिति जनाउनुपर्ने स्थिति छ । यो कुरालाई मनन् गर्दै मन्त्री साउदले भ्रमणका दौरानमा पनि नेपालले सदैव पञ्चशीलमा आधारित कूटनीतिमा विश्वास गर्दै आएको बताउँदै आएका छन् ।

अमेरिका भ्रमणको अर्को महत्वपूर्ण उपलब्धिका रुपमा अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहारस्वरुप प्रदान गरिएको एमसिसी परियोजनाको मुख्यालयमा नै पुगेर मन्त्री साउदले भेटघाट गर्दै एमसिसी परियोजनाले नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुका साथै यस परियोजनाका बारेमा नेपालको धारणा पनि स्पष्ट रुपमा राखेका थिए ।

यसलाई तोकिएको समयमा नै सम्पन्न गरेर नेपालमा स्वास्थ्य क्षेत्रका लागि अर्को एमसिसी लैजानुपर्छ भन्ने मान्यता राख्ने स्वतन्त्र विश्लेषकको टिप्पणी रहेको छ । यसैले यस परियोजनालाई समयमा नै सम्पन्न गरेर नेपालको पूर्वाधार विकासको एउटा नयाँ चरणमा प्रवेश गर्ने कुरामा मन्त्री साउद सफल भएका देखिन्छन् ।

लगानीका लागि अनुरोध

भएको छ ।

नेपालले हासिल गरेको प्रजातान्त्रिक अभ्यास, आवधिक निर्वाचन, जनसहभागिता, मानव अधिकारको रक्षा, स्वतन्त्र प्रेसजस्ता विषयमा अमेरिका र नेपालबीच महत्वपूर्ण साझेदारी रहँदै आएको छ । यसलाई उच्चस्तरको भ्रमणमार्फत भए गरेका प्रगति र हासिल गरेका उपलब्धिलाई छलफलको टेबलमा राखेर भविष्यको मार्गचित्र तय गरिनु अर्को महत्वपूर्ण उपलब्धि हो ।

नेपालको मित्रराष्ट्र रहेको अमेरिकाले नै सन् १९५० को दशकमा नै नेपाललाई संयुक्त राष्ट्रसङ्घको सदस्यता दिलाउनका लागि महत्वपूर्ण पहल गरेको हो । नेपाल र अमेरिकाले विभिन्न विषयमा विविध अन्तर्राष्ट्रिय फोरममा सहकार्य पनि गर्दै आएका छन् । त्यसबाहेक नेपाललाई ठूलो परियोजनामा अनुदान दिएर नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले खेल्दै आएको भूमिका पनि प्रशंसनीय नै छ । यसका अतिरिक्त पछिल्ला दशकमा दुई देशबीचको नागरिकस्तरको सम्बन्ध पनि विस्तारित हुदै गएको छ । स्रोत : रासस