images
images

प्रधानमन्त्री दाहालले आह्वान गरे सर्वदलीय बैठक

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन्।

आज दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो।

गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएकाे बताइएको छ।

६.४ रेक्टर स्केलकाे भूकम्प जाँदा १५३ जनाले ज्यान गुमाएका छन्। जसमध्ये जाजरकाेटका १०१ र रुकुम-पश्चिमका ५२ जना रहेका छन्।