images
images

जाजरकोट भूकम्प : राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले दिए एक करोडको चेक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् ।

भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि बैंकका कर्मचारीले मंगलबार १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका हुन् । गत शुक्रबार राति आएको भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो ।