images
images

रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई दिए १४ बुँदे सुझाव

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन्।

उनले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेर भूकम्प प्रभावित क्षेत्रकाे वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा १४ बुँदे सुझाव दिएका हुन्।

प्रधानमन्त्री दाहाललाई दिएकाे सुझावमा सभापति लामिछानेले विपद्का बेला समयमा नपुर्‍याइको सामानको महत्त्व हुँदैन रहेछ भन्ने सिकाइकासाथ आफू फर्किएको उल्लेख गरेका छन्।

भूकम्प गएलगत्तै सभापति लामिछाने भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका थिए।

उनले राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको र प्रमुख जिल्ला अधिकारीले सम्हाल्न नसक्ने स्थिति आएकाे जनाएका छन्।

साथै उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरूको गुणस्तरको पनि प्रश्न उठाएका छन्।

सभापति लामिछानेले भूकम्पपीडितले आफ्नाे जाेहाे आफैं गर्न संघर्षरत रहेकाे जनाउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन प्रधानमन्त्री दाहाललाई उपयुक्त कदम चाल्न पनि सुझाव दिएका छन्।