images
images

चीनले ल्याएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

पोखरा- जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट  पीडित भएकाहरूलाई चीन सरकारले दिएको राहत सामग्री हस्तान्तरण गरिएको छ।

पोखरा विमानस्थलमा चिनियाँ राजदूत छन सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

राहत सामग्री लिएर बुधबार चिनियाँ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

चीनको छेङ्दुबाट आएको जहाज बिहान ९ बजेर ३० मिनेटमा र ९ बजेर ४० मिनेटमा पोखरा अवतरण भएको थियो।

पोखरामा विमानमार्फत ल्याएर चीनले नेपाली २८ करोड रुपैयाँ बराबरको सामाग्री भूकम्पपीडितका लागि हस्तान्तरण गरेको छ ।

४ हजार ६ सय थान ब्ल्यांकेट र ६ सय थान त्रिपाल राहत सामग्री चीनले दिएको हाे।