images
images

कम्प्युटर विषयमा चार बर्षे कोर्ष उर्तिण भएका विद्यार्थीलाई अब जापानमा रोजगारी

गैँडाकोट। नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड) कलेजले ले जापानको एक इन्जिनियरिङ कम्पनीसँग ऐतिहासिक सम्झौता गरेको छ । जापानको राजधानी टोकियोमा रहेको आईएमएसी (IMSG) इन्जिनियरिङ कम्पनीसँग अक्सफोर्डले इन्जिनियरिङ र कम्प्युटर विषयको चारबर्षे कोर्ष  उर्तिण भएका विद्यार्थीहरुको लागि रोजगारीको दिलाउने विषयमा सम्झौता गरेको हो । सहमतीपत्रमा आइएमएसीका जनरल म्यानेजर हिरोकजु र अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

जापान भ्रमणमा रहनुभएका अक्सफोर्ड कजेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीका अनुसार बिसिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर  इन्जिनियरिङ विषय उतिर्ण भएका विद्यार्थीहरुलाई टोकीयोको आईएमएसी  (IMSG) इन्जिनियरिङ कम्पनीमा आर्कषक तलव र सेवा सुविधा सहित रोजगारीको अवसर प्राप्त हुने भएको हो  । अक्सफोर्ड कलेज र सो इन्जिनियरिङ कम्पनीसँग भएको समझादारी पत्रअनुसार निशुल्क रुपमा विद्यार्थीहरु जापान जान सक्नेछन् । चारवर्षे कोर्ष पुरा गरि रोजगारीको पर्खाइमा रहेका विद्यार्थीहरुलाई कलेजले गरेको सम्झौताले खुसी तुल्याएको छ ।

रोजगारीको लागि जापान जान चाहने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्र सहित अक्सफोर्ड कलेजमा आवेदन दिनसक्ने प्राचार्य भण्डारीले बताउनुभयो । उहाँका अनुसार रोजगारीको लागि जापान जान चाहने विद्यार्थीहरुसँग आधारभूत जापनिज भाषाको ज्ञान भने  हुनुपर्नेछ । कलेजसँगको सहमती अनुसार उक्त आईएमएसी (IMSG) इन्जिनियरिङ कम्पनीले भाषा सहजिकरणका  लागि आफ्नै प्रतिनिधि समेत खटाउन सक्नेछ ।

अक्सफोर्डसँग भएको सहमतीलाई कार्यान्वयनकै चरणमा लैजानको लागि आगामी महिना सो कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु नेपाल आउने तयारी छ ।कम्पनीसँग भएको सहमती अनुसार अक्सफोर्ड कलेजबाट उतिर्ण भएका विद्यार्थीहरुले दैनिक ८ घण्टाका दरले प्रति महिना २६ दिन काम गरेवापत रु २ लाख २० हजार रुपैँया न्यूनतम तलव प्राप्त गर्नेछन् ।  इन्जिनियरिङ विषय सकेका नेपाली विद्यार्थीहरुले अध्ययन अनुसारको रोजगारीको अवसर प्राप्त गर्नसमेत मुस्किल परिरहेको बेला अक्सफोर्डको सम्झौताले बिद्यार्थीहरु खुसी भएका छन् ।

अक्सफोर्ड कलेजले स्नातक तहमा बिसिए, बिबिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर  इन्जिनियरिङ पढाई सञ्चालन गर्दै आएको छ । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।