images
images

माओवादी नेता जनक बर्तौलामाथि आक्रमण

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ । करिब २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका हुन् ।

रड प्रहार गरेर आक्रमणकारी भागेका छन् । बुधवार साँझ भएको घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

बर्तौला अखिल नेपाल खेलकुद महसंघको उपाध्यक्ष हुन् । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर स्थित आक्रमण स्थलमा सिसिटिभी नभएको हुनाले अनुसन्धानमा समस्या भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।