images
images

युट्युबर मनोज मानव पक्राउ

काठमाडौं । मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् । ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार (हिजो) साँझ पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोका एसपी रायले बताए  । विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री टिकटकमार्फत पोस्ट गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई कसको उजुरीका आधारमा पक्राउ गरिएको भन्नेबारे भने ब्युरोले खुलाएको छैन ।