अभिनेत्री दिपाशा बीसीको मृत्यु

अभिनेत्री दिपाशा बीसीको २८ वर्षको उमेरमै निधन भएको छ।

स्वास्थ्यमा असहज आएपछि बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

बुधबार राति विष सेवन गरेकी उनलाई अत्यधिक विष सेवनको कारण मृत्यु भएको संचारमाध्यममा उल्लेख गरिएको छ। नजिकको स्रोतका अनुसार उनले व्याजमा पैसा लिएको र समयमै तिर्न नसकेपछि क्रणदाताले बुवा आमालाई टर्चर दिएको कारण आत्महत्याको बाटो रोजेको कलाकारहरुले जनाएका छन्।

फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन्। उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो।