images
images

ग्यालेक्सी एस२३ एफ इ अल्टिमेट फ्यान एडिसन अब नेपालमा

काठमाडौँ । ग्यालेक्सी एस२३ सिरिजको सफलता पश्चात् सामसङ नेपालले सर्वाधिक प्रतिक्षा गरिएको विशेष फ्यान एडिसन– नयाँ ग्यालेक्सी एस२३ एफ इ बजारमा ल्याउने सम्पूर्ण तयारी पूरा गरेको छ ।

ग्यालेक्सी एस२३ सिरिज विश्वव्यापी रुपमा नै लोकप्रिय भइ उपभोक्ताहरुको सबै ध्यान आफूमा केन्द्रित गर्न सफल भएको छ । ग्यालेक्सीका प्रशन्सकहरुले देखाएको अभिरुची र प्रेरणाबाट उत्साहित हुँदै सामसङ्ग इलेक्ट्रोनिक्सले आफ्नो एस२३ सिरिजका फोनहरुको विशेषताहरुलाई कायम राख्दै अत्यन्त सुलभ मुल्यदरको नयाँ ग्यालेक्सी एस२३ एफ इ विश्व बजारमा ल्याइसकेको जनाएको छ ।
ग्यालेक्सी एस२३ एफ इ, एस२३ सिरिजकै एक्सटेनशन हो, जसमा ग्यालेक्सीका प्रशँसकहरुले मनपराएका मुख्य विशेषताहरुलाई सुलभ मुल्यमा साथ एउटा एपिक स्मार्टफोनमा समाविष्ट गरिएको छ । फ्लाग्शिप मोबाइलको अनुभव लिन वा आफ्नो मोबाइललाई अपग्रेड गर्न चाहने ग्राहकहरुका लागि यो नयाँ एफ इ अत्यन्तै उपयुक्त हुनेछ ।
नयाँ एस२३ एफ इ मा भएको सर्वोत्कृष्ट कार्य क्षमताहरुले ग्यालेक्सी प्रयोगकर्ताहरुलाई उनीहरुको  क्रिएटिभिटि र प्रडक्टिभिटि अझ बढाउन मद्दत गर्नेछ । ग्यालेक्सी एस२३ एफ इ आउँदो डिसेम्बरमा नेपाली बजारमा प्रवेश गरेर तहल्का मच्चाउन तम्तयार रहेको जनाएको छ । यो मोबाइलको प्री–अर्डर देशभरका सामसङ्ग स्टोरहरुबाट नोभेम्बरको अन्तिम साताबाट खुला हुने अपेक्षा गरिएको छ ।