images
images

अब अदालतमा पनि एआईको उपयोग गर्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मिडिया ट्रायलबाट न्यायाधीश डराउनु नपर्ने बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले मिडिया ट्रायल अनुसन्धानको क्रमदेखि नै देखिने भन्दै मिडिया ट्रायलसँग न्यायाधीश डराउनु नपर्ने बताए।

उनले आचारसंहीताको विषयमा बारम्बार छलफल हुँदै गेरको बताउँदै अब फेरि नयाँ तरिकाले मिडियासँगको सम्बन्ध र प्रविधिसँगको न्यायपालिकाको सम्बन्धमा नयाँ बहस चलाउनुपर्ने स्थिति आएको बताए।

प्रविधि नभइकन न्यायपालिका चल्न गाह्रो रहेको उनकाे भनाइ छ।

प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिमैत्री न्यायपालिका नभए काम कारबाही धेरै पछि पर्दै जाने बताए।

उनले भने, ‘प्रविधि नभइकन अब हाम्रो जुडिसिरियल पनि चल्न गाह्रो छ। अहिले हामी प्रविधिमैत्री भएनौं भने हामीले कुनै न कुनै रूपमा प्रविधि भित्र्याएनौं भने हाम्रा काम कारबाही धेरै पछि पर्दै जानेछन्। त्यसैले प्रविधिको प्रयोगले के न्यायाधीश, के कर्मचारी सबैलाई बाँधेको हुन्छ। दायाँबायाँ चट्पटाउन दिँदैन। प्रविधिको उपयोग न्यायालयमा गर्नुपर्छ। त्यसैले अहिले फरक मुद्दा व्यवस्थापनमा लागू गरौं भनेर गरेका छौं। हामीले पेशी तारिख अटो मेशन सर्वोच्च अदालतमा गरेका थियौं। हाम्रा कामकारबाहीमा शंका आइरहने विभिन्न कुरालाई सम्बोधन गर्न पनि प्रविधिको खाँचो छ। मिडिया ट्रायल अनुसन्धानको क्रमदेखि नै हुन्छ, भए हुन्छ, त्यसमा हामी डराइरहनु पर्दैन ।’

प्रधानन्यायाधीश श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अदालतमा प्रयोग गर्नुपर्ने बताए।

उनले आफूले संसदीय समितिको बैठकमा एआइमा केही अध्ययन गर्नुपर्ने कुरा राखेको र यसको अध्ययन गरी प्रयोग गर्न पाए अदालतलाई फाइदा हुने हुने पनि बताए।