images
images

गगन थापाको आयो यस्तो सुझाव :भूकम्प प्रभावितलाई कम्तिमा जाडो र बर्खा थेग्नेगरि अस्थायी घर बनाउन जरुरी छ

काठमाडौं, २५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूकम्प प्रभावित क्षेत्रमा पारी परेर जाडो बढिरहेको उल्लेख गर्दै नयाँ घर नबन्दासम्म कम्तीमा जाडो र बर्खा थेग्नेगरि अस्थायी घर बनाउन जरुरी रहेको बताएका छन् । उनल भूकम्प प्रभावित क्षेत्र पुगेर दुई नमूना अस्थायी घर (टहरा) बनाएको अनुभव सेयर गर्दै उनले यस्तो लेखेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

आज भूकम्प प्रभावित क्षेत्रमा पानी प¥यो, जाडो बढिरहेछ। नयाँ घर नबन्दा सम्म कम्तीमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउन जरुरी छ। हामीले दुई नमुना अस्थायी घर (टहरा) बनाउँदै गर्दाको अनुभवका आधारमा कम्तीमा दुई दक्ष र दुई अर्धदक्ष सहित ११ जनाको समूह हुँदा एक दिनमा एउटा टहरा बनाउन सकिने रहेछ। यो विषयमा हामीले प्रधानमन्त्री ज्युलाई भेटेका थियौँ। आज सरकारले अस्थायी आवास बनाउन प्रत्येक परिवार ५० हजार दिने सरकारले सही निर्णय गरेको छ। अब निर्णयमा मात्र नअड्की सरकारले अरू काम गर्नुपर्छ।

तत्काल तिहार लगत्तै प्रत्येक पीडित परिवारको हातमा रकम पुग्ने गरी संयन्त्र बनाएर काम गर्नुपर्छ। घर बनाउन चाहिने जस्तापाता जस्ता सामानहरू बजार बाट लिनुपर्ने हुनाले बजारमा जस्ताको सहज उपलब्धता सुनिश्चित गर्नुपर्छ।

सबैभन्दा महत्त्वपूर्ण, एकैसाथ धेरै संरचना बनाउनुपर्ने हुनाले जनशक्ति पर्याप्त छैन। त्यसको लागी दक्ष र अर्धदक्ष जनशक्ति त्यहाँ पुग्ने र काम गर्ने गरी उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ। यहीँ उद्देश्य सहित मङ्सिरको पहिलो सातानै नेपाल कांग्रेसले १००० घर बनाउन चाहिने जनशक्ति श्रमदानको लागी भूकम्प प्रभावित क्षेत्रमा पठाउनेछौ। आज सरकारले पैसा निर्णय गरेको छ, अब पैसा समयमा नै पीडित परिवारको हातमा पुग्ने देखी बाकी काममा हाम्रो साथ सहयोग र खबरदारी रहनेछ।