images
images

सरकारले भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा १० अर्बको कोष निर्माण गर्ने

काठमाडौं, २७ कार्तिक । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज (सोमबार) विहानी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले सांसद विकास कोषको रकम प्रयोग नगर्न भनेको थियो । जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । सरकारले उद्धार कार्य प्रभावकारी रुपमा सञ्चालन गरेको भएपनि राहत वितरण भने फितलो भएको भनेर आलोचना भैरहेको छ ।