images
images

नेपालमा टिकटक आजैदेखि बन्द गरिने

नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।

त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो।

टिकटकले समाजमा नकारात्मक पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्।

यसको व्यवस्था भने सूचना प्रविधि मन्त्रालयले गरिरहेको छ।