images
images

कैयौँ नेता भ्रष्ट होलान्, अब के पार्टी नै बन्द गरिदिने त?- रवि लामिछने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्नु गलत भएको बताएका छन्। सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने उनको भनाइ छ।

सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्,’सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन। समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन।’

खराब विषयबस्तुलाई नियन्त्रण गर्न सकिने उनले बताएका छन्। उनले लेखेका छन्, ‘प्राविधिक रुपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त?’

उनले प्रश्न गरेका छन्,’यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौँ नेता भ्रष्ट होलान्। के अब पार्टी नै बन्द गरिदिने हो त?’