images
images

यी देशहरुमा पनि प्रतिबन्ध छ टिकटक

काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारको उक्त निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । सरकारको निर्णयमाथि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्मले आलोचना गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत सरकारको उक्त निर्णयको विरोध गरेका छन् । गगनले सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् भने विश्वप्रकाशले ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने कि जोखिमरहित उपचार खोज्ने रु’ भन्दै प्रधानमन्त्रीलाई नै प्रश्न गरेका छन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेृन्द्र लिङ्देनले सरकारको उक्त निर्णय निरंकुशताको बाटो भएको टिप्पणी गरेका छन् । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध गर्दै उनीहरुले अविलम्ब उक्त निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

सामाजिक सद्भाव भड्किने विभिन्न प्रकारका गतिविधि सम्प्रेषण हुन थालेपछि टिकटक धेरैको टाउको दुखाईको विषय बनेको थियो । नेपालमात्रै नभएर अन्य देशहरुले पनि सुरक्षामा चुनौति आउने भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने देशहरुमा भारत, पाकिस्तान, बेलायत, अमेरिका, ताइवान, नर्बे, न्यूजिल्याण्ड, नेदरल्याण्डस्, डेनमार्क, बेल्जियम, क्यानाडा, फ्रान्स लगायतका देशहरु रहेका छन् ।